अमेरिकाको विश्वविद्यालयद्वारा नेपालकी देविना थापाको नाममा सूक्ष्मग्रहको नामाकरण
काठमाडौँ । अमेरिकाको म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) विश्वविद्यालयले नेपाली चेली देविना थापालाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम उनको नाममा नामाकरण गरिदिएको छ।
एमआईटीले विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा १८ बर्षिय देविना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै सूक्ष्मग्रहको नामाकरण गरेको हो ।
यस नामाकरणको प्रमाण पत्र वितरण गर्दै एमआईटीले देविनाले सन् २०१७ को इन्टेल इन्टरनेसनल साइन्स एण्ड इन्जिनियरिङ फेयरमा दोस्रो स्थान हासिल गरेको जनाएको छ ।
म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभागका प्रमुख ग्रान्ट एच स्टोक्सले लेखेको पत्रमा थापाको सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको उल्लेख छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्ने १८ वर्षीया देविना समाज सेवामा उतिकै क्रियाशील छिन् ।
गत वर्ष उनले नेपाल आएर माइती नेपालमा २ हप्ताको स्वयम् सेवक रुपमा कामसमेत गरेकी छिन् ।
नेपालमा आएको विनासकारी महाभूकम्पले धनजन को क्षति भए पछि पैसा संकलन गरेर शिक्षण अस्पताल महाराजगञ्जलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिनको अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैयाँ माइती नेपाललाई सहयोग गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण