लेकसाइडमा कोटीहोमवालाको भूमिपुजन, रोक्न महानगरको प्रहरी परिचालन
शुक्रबार, २३ फागुन २०८१, १० : ०८
पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेको छ। पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले प्रहरी परिचालन गरेको छ ।
'कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,' मेयर धनराज आचार्यले भने, 'भूमिपुजन हामी रोक्छौं। ' नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।
५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण