मूर्खको जमात तयार गर्ने शिक्षा हैन, उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुहोस् : प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्खको जमात तयार गर्ने शिक्षा नभई आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुपर्नेमा जोड दिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मूर्खको जमात तयार गर्ने शिक्षा हैन, आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुहोस् ।’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह गरे ।
पुँजीवाद र समाजवादका बहस गरिरहनु नपर्ने बताउँदै उनले सबैभन्दा ठुलो मानवतावाद भएको बताए । एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास बनाएर लज्जा भएको पनि उनले बताए ।
इतिहास सम्झाउँदै उनले अगाडि भने, ‘ज्ञान, योग, ध्यानको सुरुवातकर्ता नेपाल हो । ज्ञानभूमी, तपोभूमी पनि यही हो ।’
मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा पनि उनले जोड दिए ।
‘हामी अग्रगामी हो, इतिहासलाई पछाडि फर्काउने दुष्प्रयास हुन सक्दैन,’ पूर्व राजालाई इंगित गर्दै उनले भने ।
कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गरे । ‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले थपे, ‘यहाँको सभ्यताको लामो इतिहास छ । आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । तेल निस्किन्छ । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी छ ।’
सम्बोधनको सुरुवातमा प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेका थिए । त्यस पश्चात केही समय रोकिए । दर्शकबाट कर्णाली प्रदेश हो भनेपछि उनी एकछिन अलमलमा परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण