हिमालयन चेस एकेडेमीको वार्षिकोत्सवमा दुई प्रतियोगिता
काठमाडौँ । हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा बुद्धिचालको दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ र ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो ।
विश्वका चेसका पूर्वच्याम्पियन बबी फिसरले सुरु गरेको नयाँ स्वरुपको फ्रिस्टाइल चेस प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । यो प्रतियोगिताले नेपाली बुद्धिचाल खेलेको इतिहासमा नयाँ आयाम थप्ने विश्वास एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले व्यक्त गरेकी छन् ।
फ्रिस्टाइल चेस च्याम्पियनसिपमा सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिने छ । समूहगत चरणको खेल एकेडेमीमै सञ्चालन हुने जानकारी मोनालिशाले दिइन् । प्रत्येक समूहका विजेता खेलाडी नकआउटका आधारमा सञ्चालन हुने फाइनलमा प्रवेश गर्नेछन् ।
फ्रिस्टाइल प्रतियोगिताको फाइनलमा पुग्न असफल खेलाडी र अन्य खेलाडीलाई सहभागी गराएर ब्लिज कप खेलाइने मोनालिशाले बताइन् । फ्रिस्टाइल च्याम्पियनसिप र ब्लिज कपको फाइनल खेल भने होटल रोयल सिंगीमा चैत १ गते खेलाइने छ ।
यी दुबै प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । फ्रिस्टाइल च्याम्पियनसिपको विजेताले २५ हजार र उपविजेताले नौ हजार ६ सय रुपैयाँ पुरस्कार पाउने छन् ।
ब्लिज कपको विजेताले १५ हजार र उपविजेताले सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । एकेडेमीले चैत १ गते नै आफ्नो पहिलो वार्षिकोत्सव पनि मनाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण