इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु
धरान । इटहरीमा आजदेखि तीन दिने अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ सुरु भएको संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताए ।
महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदानप्रदान गरिने जनाइएको छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको भनाइ छ ।
उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ बढी विदेशी रङ्गकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता छ । महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताए ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गरेका थिए । सोही अवसरमा रङ्गकर्मीहरु लेखनाथ चण्डीका निरौला, लोकबहादुर तामाङ, विष्णु डांगीलगायतलाई सम्मान गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललगायत रङ्गकर्मीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण