प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्यो
आइतबार, २५ फागुन २०८१, ०० : ०९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी फेरि हारेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटी नटिङघम फरेस्टसँग १-० ले हारेको हो ।
घरेलु मैदानमा नटिङघमलाई विजयी गराउन कलम हडसन ओडोईले निर्णायक गोल गरे । उनले दोस्रो हाफपछि अर्थात् ८३ औं मिनेटमा गोल गरेका हुन् । यो जितले नटिङघमलाई केही राहत दिलायो भने सिटी थप दबाबमामा परेको छ ।
नटिङघम २८ खेलबाट ५१ अंककासाथ अंक तालिकाको तेस्रो स्थानमा छ भने म्यान्सिटी ४७ अंकमा रोकिंदै चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको चेल्सीको ४६ अंक छ । शीर्ष स्थानको लिभरपुलले भने २९ खेलबाट ७० अंक जोड्दै १६ अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको आर्सनलको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण