प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेड तथा बर्नमथ र टोटनह्याम हट्स्पर बराबरीमा रोकिएका छन् । आइतबार राती घरेलु मैदानमा चेल्सीले लेस्टर सिटीलाई १-० ले हरायो ।
चेल्सीलाई विजयी गराउन मार्क कुकुरेलाले निर्णायक गोल गरे । उनले दोस्रोह हाफ सुरु भएपछि ६० औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी अंक तालिकाको चौथौ स्थानमा उक्लिएको छ ।
यस्तै, अर्को खेलमा टोटनह्याम हट्स्पर र बर्नमथले २-२ को बराबरी खेल्दै अंक बाँडे भने म्यान्चेस्टर युनाइटेड र आर्सनलले १-१ को बराबरी खेले । यो बराबरीले दोस्रो स्थानको आर्सनललाई घाटा लागेको छ । शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी घटाउने योजनामा धक्का लागेको हो ।
म्यान्चेस्टर युनाइटेडसँगको बराबरीपछि शीर्ष स्थानको लिभरपुलसँग आर्सनको अंकदुरी १५ कायम भएको छ । २९ खेलबाट लिभरपुलको ७० अंक भएको छ भने २८ खेलबाट आर्सनलको ५५ अंक छ । तेस्रो स्थानको नटिङघमको ५१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण