एउटै जेलका १३ कैदीमा एचआईभी पोजेटिभ, जेलरले के भने ?
सोमबार, २६ फागुन २०८१, १३ : १७
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको मऊ जिल्ला कारागारमा १३ कैदीमा ‘एचआईभी पोजेटिभ’ (एड्स) सङ्क्रमण पाइएको छ । एचआईभी पोजेटिभ पाइएका कैदीमध्ये १० जना बलियाका र तीन जना मऊ जिल्लाका छन् ।
बलिया जिल्ला कारागार निर्माणाधीन रहेकाले त्यहाँका कैदीलाई पनि मऊस्थित जेलमा राखिएको छ । जेलर आनन्द शुक्लाका अनुसार एचआईभी सङ्क्रमित कैदीमध्ये केहीले जेलमा आउनुअघि बलियाको दादरीस्थित मेलामा टाटु खोपेका थिए ।
यस्तै सङ्क्रमित केही भने लागु पदार्थ दुर्व्यसनी थिए । टाटु खोप्दा वा दुर्व्यसनीका क्रममा इन्जेक्सन प्रयोग गर्दा एचआईभी सङ्क्रमण भएको हुन सक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण