वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
सोमबार, २६ फागुन २०८१, २२ : ३१
ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्राकारले विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । आफूले प्राप्त गरेको भत्ता वापतको रकमबाट सोही वडाको अन्तरराष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलवका १४ जना विद्यार्थीलाई आज विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।
सामुदायिक विद्यालयमा विपन्न छोराछोरी अध्ययन गर्ने भएकाले, उनीहरुलाई पठनमाठनमा सहयोग पुर्याउने उद्देश्यले पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको अध्यक्ष ताम्राकारले बताए । गतवर्ष सदरमुकामस्थित बालमन्दिरका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए ।
यसवर्ष सदरमुकाम नजिकै रहेको युवा वर्ष आविका विद्यार्थीलाई सरकारी मापदण्ड अनुसारको सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपीका साथै पेन्सिल, र कापी वितरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण