पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी
मङ्गलबार, २७ फागुन २०८१, १२ : ५९
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको उनको सचिवालयले बताएको छ ।
सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ–'डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्। हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनर्स्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।'
सोमबारबाट भट्टराईको आधिकारिक फेसबुकमार्फत विभिन्न आपत्तिजनक कमेन्टहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण