पोखरा महानगरले ११ अर्ब खर्चेर फोहोर पानी प्रशोधन गर्ने
पोखरा । पोखरा महानगरपालिकामा फोहोर पानी व्यवस्थापनका लागि गुरुयोजना बनाइएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा गुरुयोजना तयार गरिएको हो ।
गुरुयोजना अनुसार पोखराका सबै फोहोरपानीलाई प्रशोधन गरेर पुनः प्रयोगका लागि नदी र तालहरुमा छोडिने छ । त्यसका लागि ४ वटा प्रशोधन केन्द्र निर्माण गर्ने योजना छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापनाको प्रस्ताव गुरुयोजनाले गरेको छ ।
यी केन्द्रहरूमार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुनेछ । पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुनेछ भने दुर्गम भूभागहरूमा पानी संकलनका लागि पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने गरी गुरुयोजना बनेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पानी प्रशोधनको गुरुयोजना पूरा गर्न ११ अर्ब लगानी हुनेछ ।
‘फोहोर पानी प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने भएपछि ताल र खोलाहरूमा छोड्ने योजना छ,’ उनले भने, ‘यसले महानगरको वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्छ ।’ जथाभाबी फोहोर पानी छाड्दा महानगरको पर्यावरणमै असर परेको उनले सुनाए ।
‘आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन,’ आचार्य भन्छन्, ‘यसबाट वातावरण प्रदूषण बढेको भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला हामी पनि सचेत रहनुपर्छ ।’
दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्त्वपूर्ण रहेको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण