होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट ५० जना पक्राउ
काठमाडौं । होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँ जिल्लाबाट ५० जना पक्राउ परेका छन्।
एक महिला र ४९ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
इच्छाविपरीत लोला हान्ने र रङ दल्नेलगायत अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बोहराले जानकारी दिए । उनीहरूलाई कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने उनले बताए ।
बिहीबार मापसे गरेर सवारीसाधन चलाउने, लागु पदार्थ खाएर चलाउने र कागजात नभएका ९० वटा सवारीसाधनका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।जसमध्ये दुईपांग्रे ८५ वटा र पाँच वटा चारपांग्रे सवारी नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।
काठमाडौँका विभिन्न स्थानबाट २ सय १९ वटा सवारीसाधन नियन्त्रण्मा लिए पनि कागजात भएकाहरूलाई जरिवाना गरेर ट्राफिक प्रहरीले छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण