सुनसरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
शनिबार, ०२ चैत २०८१, १३ : ४५
इनरुवा । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण