प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
आइतबार, ०३ चैत २०८१, ०३ : ३३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा नटिङघम फोरेस्ट, उल्भ्स र ब्रेन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा नटिङघमले इप्सविच टाउनलाई ४-२ ले हरायो ।
नटिङघमलाई विजयी गराउन एन्थोनी एलंगाले दुई गोल गर्दा, निकोला मिलेंकोभिच र जोटा सिल्वाले एक-एक गोल गरे । जितपछि नटिङघमको २९ खेलबाट ५४ अंक भएको छ । जो लामो समयदेखि तेस्रो स्थानमा कायम छ । समान खेलबाट ७० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा २८ खेलबाट ५५ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ ।
यस्तै, अन्य खेलमा उल्भ्सले साउथ ह्याम्पटनलाई र ब्रेन्टफोर्डले बर्नमथलाई २-१ ले हराए । प्रिमियर लिगमा शनिबार राती भएका दुई खेल भने बराबरीमा टुंगिए । एभर्टन र वेष्टह्याम युनाइटेडले १-१ को बराबरी तथा म्यान्चेस्टर सिटी र ब्राइटनले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण