चूडामणि शर्माको मुद्दा न्यायाधीशद्वय रेग्मी र चुडालको इजलासमा
काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको रिट पेसीमा चढेको छ ।
पक्राउ परेपछि उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।
यसअघि गत फागुन १९ मा सर्वोच्चले शर्माको मुद्दामा नेपालगन्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टर र पर्वत पुस्तक पसल सप्लायर्सबाट प्रमाण मगाउन आदेश दिएको थियो ।
शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै ९ वर्ष कैदसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।
उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए । उनले माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जमार्फत पुस्तकहरू विक्री गरी आव २०५८/०५९ देखि नै आय आर्जन गरेको भनी आय विवरणमा देखाएका थिए ।
तर उक्त पसल २०६२ साउन ४ देखि मात्र दर्ता भई कारोबार गर्न सुरु भएको दाबी अख्तियारले गरेकाले उक्त मितिभन्दा पहिलेदेखि कारोबार गरेको देखिने कर बुझाएको प्रमाण वा अन्य कुनै लिखत प्रमाण भए माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जबाट मगाउन आदेश भएको हो ।
यस्तै पर्वत पुस्तक पसल एन्ड अर्डर सप्लायर्स, नेपालगन्ज कुन मितिमा दर्ता भई कहिलेदेखि कारोबार गरेको वा कर कार्यालयमा कर दाखिला गरेको हो सोको प्रमाण पनि झिकाउने आदेश अदालतले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण