मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम

मङ्गलबार, १२ साउन २०८३, १७ : ००
मङ्गलबार, १२ साउन २०८३

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालय अन्तर्गतका दुई महानिर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । 

सोमबार बसेको ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय बैठकले दुई महानिर्देशकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

जसमा विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमले पाएका छन् । गौतम ऊर्जा मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए । विभागको महानिर्देशक मनदेवी श्रेष्ठलाई मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै विभागका उपमहानिर्देशक सुनिल पौडेल, गोकर्ण राजपन्तलाई मन्त्रालय सरुवा गरिएको छ । 

त्यस्तै जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा मन्त्रालयका सहसचिव महेश्वर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सिँचाइ विभागमा मित्र बराल महानिर्देशक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप