आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको घटनापछि देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्थलगत अनुगमनका क्रममा आयोगले स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पताल तोडफोडका घटना निन्दनीय भएको र यसले समाजमा अराजकता बढाउने उल्लेख गरेको छ ।
तर, यही घटनालाई लिएर सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दा सर्वसाधारण नागरिकहरू संविधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले चिकित्सकमाथि आक्रमण गर्ने दोषीहरूमाथि तत्काल सत्यतथ्य छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
साथै, स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ मानिसको जीवन जोखिममा पर्ने भएकाले तत्काल सेवा सुचारु गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
आफ्ना माग राख्दा वा विरोध जनाउँदा नागरिकको स्वास्थ्य अधिकारमा असर नपर्ने वैकल्पिक उपायहरू अपनाउन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोगले सरकार, चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण