सशस्त्रको मुख्यालयमा नेपाल प्रहरीका आईजीपीको बिदाइ
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार बिदाइ गरेका हुन् । कुँवरलाई हलचोकमा सलामी प्रदान गरिएको थियो ।
आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमाण्ड गरे ।
कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ मा मध्यराति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।
टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण