ग्लोबल मनी विक २०२५ को अवसरमा र्याली आयोजना
सोमबार, ०४ चैत २०८१, १३ : ५३
बागलुङ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ।
‘अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ,’ भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण