सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता

दशरथचन्द । यहाँको सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता भएको छ । खाद्यान्नको ढुवानी, रैथाने बाली खरिद तथा बजारीकरणमा सहकार्य गर्न गाउँपालिका र कम्पनीबीच आज उक्त सम्झौता भएको हो ।
खाद्य सङ्कटग्रस्त क्षेत्रमा जनताको खाद्य सुरक्षा सुनिश्चित गर्न, खाद्यान्न भण्डारण, ढुवानी, बिक्री तथा बजार व्यवस्थापन गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए ।
गाउँपालिकामा खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गरी सञ्चालनमा ल्याइने सम्झौतामा उल्लेख छ । दुर्गम क्षेत्रका नागरिकलाई नियमित खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गरिने अध्यक्ष कुँवरले बताए ।
खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि सहकार्य गरिने बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालन गर्ने, स्थानीय तहले सङ्कलन गरेका रैथाने बालीहरुको खरिद तथा बजारीकरण गर्ने सुर्नया गाउँपालिकाका रोजगार संयोजक सुरेन्द्रसिंह धामीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यबीच उक्त सम्झौता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची