बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित

मङ्गलबार, ०२ असार २०८३, २२ : २८
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिमा मदन खड्का पुनः निर्वाचित भएका छन्।
  • मंगलबार सम्पन्न निर्वाचनमा खड्काले २८८ मत प्राप्त गरी विजयी भएका हुन्।
  • पार्टीभित्रको विवाद र आन्तरिक मतभेदका बीच सम्पन्न निर्वाचनबाट उनी पुनः नेतृत्वमा चयन भएका हुन्।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिमा मदन खड्का निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न निर्वाचनमा खड्का २८८ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ मत प्राप्त गरिन्।

निर्वाचन बहिष्कार गरेका नन्दकिशोर बस्नेत (एनके) ले ३५ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा थिए । पार्टीभित्रको विवाद र आन्तरिक मतभेदका बीच सम्पन्न निर्वाचनबाट उनी पुनः नेतृत्वमा चयन भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप