मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
सारांश
- कप्तान लियोनेल मेसीले दोस्रो गोल गरेपछि अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २-० को अग्रता लिएको छ।
- मेसीले खेलको १७औं मिनेटमा पहिलो र दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल थपे।
- यो जितसँगै अर्जेन्टिना समूह चरणको पहिलो खेलमा महत्वपूर्ण तीन अंकको नजिक पुगेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेसीको दोस्रो गोलसँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २–० को बलियो अग्रता बनाएको छ।
खेलको ५७औँ मिनेटसम्म अल्जेरियाले बराबरी गोलका लागि दबाब बढाउने प्रयास गरिरहेको थियो। इब्राहिम माजाले पेनाल्टी क्षेत्रको छेउबाट प्रहार गर्ने अवसर खोजे पनि अर्जेन्टिनाका रक्षकले त्यसलाई रोकिदिए। पछिल्ला केही मिनेटमा अल्जेरियाले पासिङमा तीव्रता थप्दै आक्रमणलाई धार दिने प्रयास गरेको थियो।
तर अल्जेरियाको त्यो प्रयासलाई ठूलो झट्का दिँदै खेलको ६० औँ मिनेटमा मेसीले अर्को गोल थपे। पेनाल्टी क्षेत्रभित्र पुगेको बललाई उनले दायाँ खुट्टाले शानदार रूपमा जाली चुमाउँदै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। खेलको १७औँ मिनेटमा पहिलो गोल गरेका मेसीका लागि यो व्यक्तिगत रूपमा दोस्रो गोल हो।
छैटौँ विश्वकप खेलिरहेका मेसीले निर्णायक प्रदर्शन गर्दै अर्जेन्टिनालाई समूह चरणको पहिलो खेलमा महत्वपूर्ण तीन अंकतर्फ अग्रसर गराएका छन्। दुई गोलको अग्रतासँगै अर्जेन्टिनाले खेलमाथि थप नियन्त्रण जमाएको छ भने अल्जेरियामाथि पुनरागमनको चुनौती झन् कठिन बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण