पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
वीरगञ्ज । पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलबार वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा चेकजाँचका क्रममा लागुऔषध बरामद गरेको हो।
प्रहरीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकेर जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका आठ वटा पोकाभित्र १०९ किलो गाँजा फेला पारेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा गाडी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र गाडीमा सवार सोही स्थानका २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ।
बरामद गाँजा, बोलेरो पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण