लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामद
सारांश
- लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा सामुदायिक वन तथा जङ्गलका ओढारबाट २० थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।
- प्युठान, रुकुम पूर्व र दाङका विभिन्न स्थानबाट बरामद गरिएका बन्दुकहरूमध्ये १६ थान चलाउन मिल्ने र चार थान बिग्रेका अवस्थामा छन्।
- यो अभियानको मुख्य उद्देश्य अवैध हतियार नियन्त्रण गर्नु रहेको छ।
दाङ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा विभिन्न सामुदायिक वन र जङ्गलका ओढारहरूबाट जम्मा २० थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।
अवैध हतियार नियन्त्रण गर्ने उद्देश्यले चलाइएको यो अभियानका क्रममा प्युठान, रुकुम पूर्व र दाङका विभिन्न स्थानबाट ती बन्दुकहरू फेला परेका हुन्।
हतियार बरामद हुने क्रममा प्युठान जिल्लाको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित एक घरबाट एक थान तयारी अवस्थाको (साबुत) भरुवा बन्दुक फेला परेको छ।
सोही स्थानकै खडक सामुदायिक वनमा गरिएको खोजीका क्रममा लुकाएर राखिएको अवस्थामा थप १३ थान भरुवा बन्दुक बरामद भयो, जसमा १० थान तयारी अवस्थाका र तीन थान बिग्रेका (बेसाबुत) रहेका छन्।
यसैगरी, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ सिसिरुमस्थित जङ्गलको ओढारबाट एक थान तयारी अवस्थाको भरुवा बन्दुक बरामद गरिएको छ। सोही जिल्लाको सिस्ने गाउँपालिका–५ सिमलबोटस्थित चोरखोला जङ्गलको ओढारबाट एक थान र सिस्ने गाउँपालिका–४ सानीभेरी नदी किनारमा रहेको फेरावनको ओढारबाट तीन थान भरुवा बन्दुक फेला परेको छ। फेरावनको ओढारमा भेटिएका बन्दुकहरूमध्ये दुई थान तयारी अवस्थाका र एक थान बिग्रेको अवस्थामा थिए।
यस्तै, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ जुमिलकुला लेडुवा सामुदायिक वनको झाडीमा लुकाएर राखेको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।
विभिन्न जिल्लाका जङ्गल, झाडी र ओढारहरूबाट बरामद गरिएका जम्मा २० थान भरुवा बन्दुकहरूमध्ये १६ थान चलाउन मिल्ने अर्थात् तयारी अवस्थामा र चार थान बिग्रेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण