निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
पाँचथर । पद्मसुन्दर लाओती प्रतिष्ठानद्वारा कुम्मायक गाउँपालिका–स्थित यासोकमा आयोजित दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ३३४ जना महिलाले स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका छन्।
कुम्मायक आधारभूत अस्पतालमा आयोजित शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा स्तन क्यान्सरसम्बन्धी परीक्षण, रोकथाम र उपचार सेवा उपलब्ध गराइएको थियो। पहिलो दिन ११९ जना र दोस्रो दिन २१५ जना महिलाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ।
शिविरका क्रममा गरिएको भीआइए परीक्षणमा २४ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्षण देखिएको थियो।
उनीहरूको क्यान्सरको पूर्वअवस्था उपचारमार्फत रोकथाम गरिएको आयोजकले जनाएको छ। यस्तै, ४२ जना महिलामा पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या देखिएकोमा चार जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ। ५५ जनामा विभिन्न प्रकारका संक्रमण देखिएको र उनीहरूलाई आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको थियो।
स्थानीय महिलाहरूले आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। सेवाग्राहीहरूले यस प्रकारका स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिष्ठानका सल्लाहकार सगुन सुन्दर लावतीले शिविरको नतिजाले महिला स्वास्थ्यका क्षेत्रमा थप विशेष कार्यक्रम आवश्यक रहेको देखाएको बताए।
उनले नियमित परीक्षण, उपचार तथा स्त्रीरोगसम्बन्धी सेवामा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
शिविरमा काठमाडौँबाट आएका स्त्रीरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको थियो। शिविर व्यवस्थापनमा कुम्मायक गाउँपालिकाले सहयोग गरेको थियो भने रोटरी क्लब अफ काष्ठमाण्डप, एनएनसीटीआर नेपाल, बनेपा तथा नेप्लिज डक्टर्स एसोसिएसन, यूकेको सहयोग रहेको थियो।
कुम्मायक आधारभूत अस्पतालका प्रमुख डा. एरिक बाँस्कोटाले शिविर उपलब्धिमूलक रहेको बताए। प्रतिष्ठानका अध्यक्ष विजयवोध लावतीले स्वर्गीय पद्मसुन्दर लावतीको स्मृतिमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण