१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती '१२ बजे १२ समाचार'मा हामी १२ वटै प्रमुख समाचारसहित हाजिर भएका छौँ-
- प्रमाण लुकाउन कागजात नै गायब
सरकारी स्वामित्वको एक्स्काभेटर भाडामा दिँदा मिलेमतो गरी करिब ४७ लाख रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरूविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर गरिएकाहरूमा गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, सब–इन्जिनियर दानबहादुर पछेरा र लेखापाल युवराज भट्ट रहेका छन्।
सभामुखको 'अपमान'
प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटनाबारे समिति गठन गरेर छानबिन थालिएको छ ।
चोरी कसुरमा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१० घर भएका सबिर बक्सको जेठ १० गते बिहान मृत्यु भएको थियो । घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ डिल बहादुर कार्की नेतृत्वको समितिले पनि त्यसबारे छानबिन गरिरहेको छ ।
- सीमा विवाद
नवलपरासी पश्चिमस्थित नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाइरहेको तटबन्ध निर्माणमा पछिल्लो समय भारतीय पक्षले अवरोध गरिरहेको छ । जेठ १८ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीहरू नेपालतर्फ आएर तटबन्ध निर्माणमा रोक लगाएका हुन् ।
- पुँजीगत खर्च दयनीय
पुँजीगत खर्च मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छ । त्यसैले विकास खर्च जति बढ्छ, अर्थतन्त्र त्यति नै सुदृढ र चलायमान बन्छ, तर पछिल्ला वर्षहरूमा विकास खर्चको ओरालो लाग्दो दरले अर्थतन्त्रलाई शिथिल बनाएको छ । बजेट निर्माणमै हुने त्रुटिका कारण खर्च लक्ष्यअनुसार हुन सकेको छैन ।
- आएनन् मन्त्री
काठमाडौँ उपत्यकाको ट्राफिक प्रणाली तत्काल सुधार नगरे दुई वर्षभित्र सडकमा हिँड्नसमेत नसकिने सरोकारवालाहरूले गुनासो गरे । सुरक्षा निकायको चेतावनी र जीर्ण पूर्वाधारले गर्दा यातायात क्षेत्र नै कोल्याप्स हुने अवस्थामा पुगेको बताए । तर, सरोकारवालाले यस्तो संवेदनशील विषय उठाउँदा पनि संसदीय समितिको मंगलबारको बैठकमा नीतिगत निर्णय लिने मुख्य अधिकारी अर्थात् पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नै अनुपस्थित भइदिए ।
- सम्पत्ति विवरण
सम्पत्ति छानबिन आयोगमा एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाएका छन् । आयोगका अनुसार हाल पूर्वप्रधानन्यायाधीश,पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री,पूर्वसांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्वपदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन् । आयोगले जेठ मसान्तसम्म बुझाउने समय राख्दा उक्त सीमाभित्र बुझाउन कठिन भएको गुनासो आएपछि सम्पत्ति विवरण बझाउने म्याद एक महिनाका लागि थपिएको आयोगका प्रवक्ता गणेश केसीले बताए ।
- राहदानी छपाइमा भ्रष्टाचार
विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो ।
- प्रदेशको बजेट
सात प्रदेशले आर्थिक वर्ष २०८३/८४ को लागि २ खर्ब ९२ अर्ब ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । सोमबार प्रदेश सरकारका आर्थिक मामिला हेर्ने मन्त्रालयले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेको विवरण अनुसार सो बराबरको बजेट देखिएको हो ।
- रास्वपाको महाधिवेशन
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशनमा वर्तमान सभापति तथा सांसदहरू नै पराजित भएपछि त्यसको असर आगामी राष्ट्रिय महाधिवेशनमा पर्न सक्ने चर्चा चलेको छ । प्रथम अधिवेशनबाट सात प्रदेशमध्ये पाँच प्रदेशमा नयाँ कार्य समिति निर्वाचित हुँदा सुदूरपश्चिम प्रदेश बाहेक संस्थापक सभापति तथा प्रतिनिधिसभा सदस्य नै पराजित भएका छन्।
- अस्थायी लाइसेन्स छपाइ
कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका निकायहरूमा भएको कानुनी तथा वित्तीय अनुशासन उल्लंघन गरेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको समितिको बैठकमा बिना कानुनी आधार लाखौँ रुपैयाँ खर्च गरेर अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड छापेको र आवश्यक कानुनहरूको एकिन अभिलेख समेत कानुन मन्त्रालयसँग नरहेको तथ्य खुलेको छ ।
- वैदेशिक रोजगारी
चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख २२ हजार ८४१ व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आव २०८२/८३ को जेठमसान्तसम्म वैदेशिक रोजगारीमा ७ लाख २२ हजार ८४१ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।
- एमपी छात्रवृत्ति कार्यक्रम
प्रतिनिधि सभा सदस्य केपी खनालले एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्न चाहने जेहेनदार, गरिब तथा विपन्न विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरेको ‘एमपी छात्रवृत्ति कार्यक्रम २०८३’ माथि प्रश्न उठेको छ । कैलाली–२ बाट निर्वाचित सांसद खनालले विद्यार्थीलाई सीधै विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउने गरी कार्यक्रम अघि सारेपछि यसको प्रक्रियामाथि प्रश्न उठेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण