मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
जनकपुरधाम । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। विभिन्न कारणले मानसिक रोगीहरूको संख्या बढेसँगै मृत्यु दर पनि उच्च देखिएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र टिओपी नेपालको सहयोग र समन्वयमा मङ्गलबार जनकपुरधाममा सम्पन्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षा बैठकमा यो तथ्य सार्वजनिक गरिएको हो।
निर्देशनालयका अनुसार पछिल्लो एक वर्षमा मात्रै मानसिक स्वास्थ्य समस्याका कारण १ हजार २९८ जनाको मृत्यु भएको छ। तीमध्ये १ हजार १०६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १९२ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र प्रसाद शाहले मानसिक स्वास्थ्य समस्या बढ्नु गम्भीर चिन्ताको विषय भएको बताए।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मधेस प्रदेशमा करिब ६४ लाख जनसङ्ख्या भए पनि मानसिक स्वास्थ्य उपचारका लागि सरकारी र निजी क्षेत्र मिलाएर मात्र १० जना विशेषज्ञ चिकित्सक रहेको जानकारी दिए।
समीक्षा कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष का मधेस प्रदेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले मानसिक स्वास्थ्य समस्याका कारण वर्षेनी करिब १ हजार ३०० जनाको मृत्यु हुनु अत्यन्त चिन्ताजनक भएको भन्दै प्रत्येक पालिकामा मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, मधेस प्रदेशका १३६ पालिकामध्ये सामी परियोजनाको सहयोगमा हाल ९३ पालिकामा मनोसामाजिक परामर्शकर्ता परिचालन गरिएको र मानसिक स्वास्थ्यसम्बन्धी अत्यावश्यक औषधि वितरण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा जोड दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण