मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन

मङ्गलबार, ०२ असार २०८३, २२ : ३९
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • सुर्खेत प्रहरीको हिरासतमा चोरी मुद्दामा पक्राउ परेका सबिर बक्सको मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ ।
  • सबिर बक्स जेठ २७ गते पक्राउ परेका थिए र जेठ ३० गते बिहान हिरासतमा बेहोस भएपछि अस्पताल लगिएको थियो ।
  • हिरासतमा सबिर बक्सले ग्रिलमा चढ्न खोजेको सीसीटीभी फुटेजमा देखिएको छ भने आफन्तले कुटपिटको आशंका गरेका छन् ।

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटनाबारे समिति गठन गरेर छानबिन थालिएको छ ।

चोरी कसुरमा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१० घर भएका सबिर बक्सको जेठ १० गते बिहान मृत्यु भएको थियो । घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ डिल बहादुर कार्की नेतृत्वको समितिले पनि त्यसबारे छानबिन गरिरहेको छ ।

सबिर बक्स जेठ २७ मा मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए । अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनलाई हिरासतमा राखेको थियो । जेठ ३० मा बिहान ४ बजेर २६ मिनेटमा हिरासतमा बेहोस भएपछि उनलाई अस्पताल लगिएको कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाले रातोपाटीलाई बताए । उनले भने, ‘बिहान ५ बजेर ५२ मिनेटमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए, त्यसबारे हामीले आन्तरिक छानबिन थालेका छौँ ।’

२१ वर्षका बक्स सातौँ पटक पक्राउ परेका हुन् । हिरासतमा उनले सर्ट फुकालेर ग्रिलमा चढ्न खोजेको र अन्य थुनुवाले उनलाई ग्रिलबाट झारेर सुताएको सिसिटीभी फुटेजमा देखिएको छ । 

उनको शव सुर्खेत स्थित कालागाउँ प्रादेशिक अस्पतालमा बुधवार पोस्टमार्टम गरिने डीआईजी सापकोटाले बताए । थुनुवामाथि कुटपिट भएको उनका आफन्तहरूले आशङ्का गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप