मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन

मङ्गलबार, ०२ असार २०८३, २० : ५४
मङ्गलबार, ०२ असार २०८३

सुर्खेत। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालादेखि विभिन्न शैक्षिक संस्थाको अनुगमन गरेका छन्। बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको वार्षिक उत्सव तथा दीक्षान्त समारोहमा उपस्थित हुन उनी यहाँ आएका हुन् । 

९९ प्रतिशत काम सम्पन्न भएर अलपत्र परेको कर्णाली रङ्गशाला पुगेका मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने बताए ।यसअघि पटक–पटक मिति तोक्दा पनि प्रतियोगिता हुन सकेको थिएन । रङ्गशालाको अनुगमन पश्चात् मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अनुगमन गरे ।

त्यस क्रममा विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी गतिविधिहरू, भौतिक पूर्वाधारको अवस्था तथा समग्र प्रगतिबारे स्थलगत जानकारी लिएका थिए ।

साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक सुझाव एवं निर्देशन दिएको विश्वविद्यालयका उपकुलपति नारायण पौडेलले बताए ।

पोखरेलले पूर्व सुर्खेतको रामघाटस्थित ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री, ग्र्याजुएट स्कुल अफ ल, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेज, केन्द्रीय पुस्तकालय लगायत विश्वविद्यालयका विभिन्न निकायहरूको निरीक्षण गरेका थिए।

पोखरेलले भोलि विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप