आगलागीबाट तीन घर जल्यो, एक करोड २५ लाख बराबर क्षति
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आज अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको । आगलागी सुरू हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणको भूमिका खेलेको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको पनि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण