संसद् बैठक
राजाले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ : खतिवडा
बिहीबार, ०७ चैत २०८१, १२ : ००
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् ।
उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए । खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण