चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।
शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।
६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।
स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो नियन्त्रणमा लिन सिर्जनाचोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ । आगो तीव्र रूपमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन् ।
हावा लागेका कारण आगोको फैलावट बढेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्
-
फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?
-
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने