शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा पहिलोपटक दलित महिला निर्वाचित

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन् । अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएकी टमटा दार्चुलाकै पहिलो दलित महिला हुन् ।
मालिकार्जुन गाउँपालिका– ८ कै स्थानीय बासिन्दा समेत रहेकी टमटा सानैदेखि राजनीतिमा चासो राख्ने गरेको उनकी आमा मानमती टमटाले बताइन । उनकी आमा मानमती २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
आमाकै प्रेरणाबाट आफू विद्यार्थी राजनीतिबाट स्ववियुको अध्यक्ष पदमा निर्वाचित भएको टमटाले बताइन् । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत टमटा निडर भएर आफ्ना विचारहरू व्यक्त गर्ने सक्ने क्षमताकी छन् । उनी विकृति र विसंगतीविरुद्ध प्रष्ट रूपमा बोल्दै आएकी छन् ।
माओवादी आन्दोलनले पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासमा निकै महत्त्वपूर्ण भूमिका खेलेकाले आफू माओवादी विचारधाराको आन्दोलनमा सहभागी हुँदै आएको उनले बताइन् । आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्याहरूको समाधानका लागि पहल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गराउन काम गर्ने उनको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन