युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्काविरुद्ध भएका घातक आक्रमणपछि ठूला संघर्षतर्फ उन्मुख भइरहेका बेला युद्धविराममा सहमति जनाउँदै ‘दूरदर्शिता’ देखाएको बताएका छन्।
‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गर्ने र तटस्थ स्थलमा विविध मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको यो घोषणा गर्न पाउँदा म खुसी छु ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा युद्धविराम घोषणा गरेकै केही मिनेटपछि रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शहबाज शरिफलाई ‘शान्तिको बाटो रोज्दै देखाएको उनीहरूको बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार शनिबार बिहान रुबियोले दुबै देशका विदेशमन्त्रीहरूसँग कुराकानी गरेका थिए । भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की