युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्काविरुद्ध भएका घातक आक्रमणपछि ठूला संघर्षतर्फ उन्मुख भइरहेका बेला युद्धविराममा सहमति जनाउँदै ‘दूरदर्शिता’ देखाएको बताएका छन्।
‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गर्ने र तटस्थ स्थलमा विविध मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको यो घोषणा गर्न पाउँदा म खुसी छु ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा युद्धविराम घोषणा गरेकै केही मिनेटपछि रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शहबाज शरिफलाई ‘शान्तिको बाटो रोज्दै देखाएको उनीहरूको बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार शनिबार बिहान रुबियोले दुबै देशका विदेशमन्त्रीहरूसँग कुराकानी गरेका थिए । भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण