लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
शनिबार, २७ वैशाख २०८२, १७ : ५६
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको छ । त्यसैगरी टोलीमा पर्ने अन्य खेलाडीहरूमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।
नेपालले लिग–२ अन्तरगत जुनमा स्कटल्याण्डको सामना गर्नेछ । नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।
यो प्रतियोगितापछि खेलिने टी–२० खेलहरुका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश कुमार सिंहलाई टोलीमा समावेश गरिने पनि क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण