आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
शनिबार, ०९ चैत २०८१, ०४ : १७

काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र शनिबार पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।
विमानस्थलका अनुसार शनिबार पूर्ण रुपमा सेवा सञ्चालन हुने जानकारी दिंदै यात्रुहरुसँग माफी मागेको छ । विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबायले यात्रीहरुसँग माफी माग्दै भनेका छन्, ‘यो घटना हाम्रो हवाई अड्डाका लागि सबै भन्दा खतरापूर्ण रहयो ।’
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने हाललाई कुनै गडबडी नरहेको बताइएको छ । विमानस्थल व्यपस्थापनका अनुसार व्याकअप जेनेरेटर चलाइए पनि पूरै हवाई अड्डाको लागि विजुली पुर्याउन सकिएको छैन । पूर्ण रुपमा विद्युत आप्रवाह हुन समय लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली