देशभर बढ्दै गर्मी, शनिबार यी सहरमा तापक्रम ३३ डिग्रीसम्म पुग्ने
काठमाडौँ । केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । शनिबार नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरेन्द्रनगर, जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यसैगरी घोराही र सिमरामा ३१ डिग्री सेल्सियस तथा दिपायलमा ३० डिग्री सेल्सियस तापक्रमसम्म पुग्ने पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाई छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । धेरै सहरमा ४० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण