आठ महिनामा ४७ करोड रुपैयाँको लेज, कुर्कुरे, कुर्मुरे र चीजबल आयात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा ४७ करोड बराबरको लेज कुर्कुरे आयात भएको छ । सो अवधिमा ४७ कारेड ३ लाख ८० हजार रुपैयाँको ८९३८२० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त परिमाणमा लेज कुर्कुरे आयात हुँदा २९ करोड ३९ लाख ८४ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त आयातमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३६ करोड ४७ लाख ४९ हजार रुपैयाँको ७८५०७० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको छ ।
यसैगरी मलेसियाबाट ८ करोड १५ लाख २० हजार रुपैयाँको, दक्षिण कोरियाबाट ९९ लाख ३५ हजार रुपैयाँको, चीनबाट ५१ लाख ३२ हजार रुपैयाँ, भियतनामबाट ४० लाख ७८ हजार रुपैयाँको आयात भएको छ । यस्तै अमेरिकाबाट ५ लाख ६५ हजार रुपैयाँको, मेक्सिको बाट ३ लाख ५९ हजार रुपैयाँको टर्कीबाट २५हजार रुपैयाँको र अन्य मुलुकबाट ४० लाख १६ हजार रुपैयाँको आयात भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण