प्रधानमन्त्री कप क्रिकेटः बागमतीले कोशीलाई हरायो
शनिबार, ०९ चैत २०८१, १७ : २३
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई १ सय ३१ रनले पराजित गरेको हो ।
२ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५ दशमलव ३ ओभरमा १ सय ९ रनमा समेटियो । कोशीका लागि अइस भट्टराईले सर्वाधिक ३७ रन जोडे ।
बागमतीका लागि सूर्य तामाङले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९ दशमलव ३ ओभरमा २ सय ४० रनको योगफलमा समेटियो ।
बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन जोडे । जितसँगै बागमती ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ भने कोशी २ अंकका साथ तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण