इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ
सोमबार, ११ चैत २०८१, १२ : ३४
काठमाडौँ । इलामको माई नगरपालिका–२ स्थित शितली चिया बगानमा भएको बलात्कारको घटनामा ‘मिलापत्र’ गरेको पाइएको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर मिलापत्र गरेको सूचना पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
चैत ६ मा बालिका बलात्कृत भएकी थिइन् । बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले रातोपाटीलाई बताए ।
पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराउने आरोपीका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र उनीहरूका छिमेकी ३८ वर्षीय तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पीडितका परिवारलाई ३ लाख दिइसकेको डीएसपी राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
-
लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
-
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
-
वित्तीय सङ्घीयताको ९ वर्ष : सङ्घको मुट्ठी कसिँदै, प्रदेशको बजेट खुम्चिँदै
-
फिल्म ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
-
वित्तीय सङ्घीयताको कडी : अधिकारको लडाइँ, क्षमताको खडेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण