सल्यानमा जिप दुर्घटना : १७ जना घाइते
सोमबार, ११ चैत २०८१, १५ : ३३
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिले भन्ने ठाउँबाट श्रीनगर भन्ने ठाउँमा जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपमा चालकसहित १८ जना सवार थिए ।
ब्रेक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । घाइतेहरूको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।
घाइतेहरूको अवस्था सामान्य नै छ । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण