८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात
पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ ।
काठमाडौँ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात गरिएको छ ।
यसरी आयात भएका विद्युतीय चुलोहरूलाई इन्डक्सन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ । गत वर्षको यही अवधिमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो ।
अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत,कतार, सिंगापुर, बङ्गलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरू ल्याउने गरिएको छ । सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए ।
नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताहरू बताउँछन् । सन् २०१५ को इन्धन संकटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ ।
उर्जाविज्ञ विजयमान शेरचनले सिलिन्डरबाट निस्कने ग्यासले प्रदूषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण