विभिन्न ७ स्थानमा आगलागी, लाखौँ रुपैयाँको क्षति
मङ्गलबार, १२ चैत २०८१, १३ : ०२
काठमाडौँ । भक्तपुरसहित देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
- मोरङ, धनपालथान गाउँपालिका-२ आमाहिबरियाति टोल बस्ने दिलीप साहको भान्सा घरमा गए राति आगलागी हुँदा करिब २ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- सल्यान, कुमाख गाउँपालिका-५ झारकाँडा बाहुनखान बस्ने बिष्णु कुमाईको घरमा विद्युत् सर्ट भई गए राति आगलागी हुँदा नगद, सुन, अन्नपात, काठ, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ७ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- रोल्पा, रून्टिगढी गाउँपालिका-६ धारापानी बस्ने लाल बहादुर बिकको घर र गोठमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- सप्तरी, राजबिराज नगरपालिका-१५ मुसहरनिया बस्ने शत्रुधन मण्डलको गोठ र घरमा सोमबार बेलुकी आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सरसामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- भक्तपुर, भक्तपुर नगरपालिका-९ दत्रातय बस्ने सुमनराज गिरी महन्तको घरमा बद्रीनारायण कर्मचार्यले संचालन गरेको पूजा सामाग्री पसलमा विद्युत् सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- झापा, हल्दिबारी गाउँपालिका-२ सुकुम्बासी टोल बस्ने बिष्णु कटेलको घरमा सोमबार राति आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-२ भप्सिपुर बस्ने द्वारिका हरिजनको घर र गोठमा मंगलबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण