प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा
दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उनले भने, “अब जोखिम छैन ।”
आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उनको भनाइ छ । उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रूपन्देहीको दमकललाई पठाइसकिएको छ ।
आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन सकेको थिएन।
आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन । प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा वस्तु जलेर नष्ट भएका छन् । सोही उद्योगमा पाँच सय बढी कर्मचारीले काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण