प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उनले भने, “अब जोखिम छैन ।”
आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उनको भनाइ छ । उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रूपन्देहीको दमकललाई पठाइसकिएको छ ।
आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन सकेको थिएन।
आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन । प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा वस्तु जलेर नष्ट भएका छन् । सोही उद्योगमा पाँच सय बढी कर्मचारीले काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो