अपडेट
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै
बुधबार, १३ चैत २०८१, ११ : ५३
काठमाडौँ । सुनसरीको इटहरीस्थित एउटा सपिङ कम्प्लेक्समा आगलागी भएको छ ।
इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
आगलागी लगत्तै उक्त भवनभित्र रहेका मानिसको उद्धार गरिएको तर तीन जना भने भित्रै रहेको जानकारी पाएको उनको भनाइ छ ।
आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
यसैबिच गृहमन्त्री रमेश लेखकको पहलमा उद्धारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण