नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति
बुधबार, १३ चैत २०८१, १३ : १३
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् ।
नरैनापुर–४ जयरामपुर्वामा मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण