द्वन्द्वपीडित महिलाको गुनासो : भावी सन्तति शिक्षा र स्वास्थ्यबाट वञ्चित हुन नपरोस्
काठमाडौँ । द्वन्द्वपीडित महिलाहरूले शान्ति प्रक्रिया सुरु भएको १८ वर्षसम्म पनि आफूहरूले न्याय नपाएको भन्दै अव न्याय पाउनेमा आशावादी रहेको बताएका छन् ।
नेपालको आक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा उनीहरुले यस्तो आशा व्यक्त गरेका हुन् ।
कार्यक्रममा पीडित महिला सुमित्रा चौधरीले आफूहरूका समस्या र पीडा १८ वर्षसम्म सुनुवाइ नभए पनि अव सुनुवाइ हुने आशा व्यक्त गरिन् । ‘अव हामीलाई निराश पार्नुहुनेछैन भन्ने आशा छ । तपाईँका छोरी, चेली नातिनीलाई फेरि पनि निराशा पार्नुहुने छैन’, चौधरीले भनिन्, ‘एउटा हिंसामा परेको महिला जो वर्षौसम्म रगत बगाउँदै, लर्खराउदै मानसिक र शारीरिक रूपमा समस्या भोगिरहनुपरेको छ ।’
उनले न्यायका लागि उजुरी गर्न नै समस्या रहेको भन्दै उजुरी दर्ता प्रक्रिया सहज बनाउन आग्रह गरिन् । साथै उनले द्वन्द्वपीडित महिलाका सन्ततिहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहनुपरेकोमा सरकारले विशेष खोजी नीति गरेर मूलधारमा ल्याउन राज्यसँग माग गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण