देशका विभिन्न स्थानमा आगलागी, लाखौँको क्षति
बिहीबार, १४ चैत २०८१, १२ : ४०
काठमाडौँ । देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- पाल्पा, रामपुर नगरपालिका-९ लाम्दिखोला बारघरे बस्ने ७४ वर्षीय चुरामणि बारघरेको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजली बस्ने सोम प्रसाद आचार्यको गोठ र घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- धनकुटा, चौबिसे गाउँपालिका-४ बाजथला बस्ने ४९ वर्षीय राम बहादुर पाख्रिनको घर र गोठ तथा हिरेन्द्र निरौलाको घरमा बुधबार साँझ आगलागी हुँदा दुबै जनाको गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- मोरङ, लेटाङ नगरपालिका-२ खैरेनीस्थित भोलाराम श्रेष्ठको कुखुराको फर्ममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- रौतहट, परोहा नगरपालिका-५ भेडीयाही बस्ने मोहन पालको घरमा बुधबार साँझ आगलागी हुँदा करिब २ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१२ वर्गदही बस्ने पर्वत चौधरी र सागर चौधरीको घरमा बुधबार साँझ आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- सल्यान, कपुरकोट गाउँपालिका-६ सिनबाङ बस्ने धन बहादुर बोहराको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण