साताको अन्तिम कारोबार : सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब
काठमाडौँ । साताको अन्तिम कारोबारका दिने सेयर बजारमा हरियाली छाएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४१ दशमलव ६७ अंकले बढेर २६६३ दशमलव ५४ अंकमा पुगेको हो । बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ ।
बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५ अर्ब २२ करोड ३० रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा ३०९ वटा सेयर स्क्रिपमध्ये २२७ वटाको मूल्य बढेको छ भने १६ वटाको मूल्य घटेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज गुराँस लघुवित्त वित्तीय कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । मूल्य घटेका स्टकहरूको मूल्य गिरावट दर २ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा आज पनि कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५१ करोड १८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनी २७ करोडभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको सेयर किनबेच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण