घुस लिएर दोहोरो जन्मदर्ता बनाएको आरोप लागेका वडासचिवविरुद्ध मुद्दा दायर
बिहीबार, १४ चैत २०८१, १७ : ०४
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो जन्मदर्ता बनाई २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेका पोखरा महानगरपालिका २७ का तत्कालीन वडासचिव प्रभाव लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
उनले सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिई सो रकम उनको बैंक खातामा जम्मा गरेको भेटिएको अख्तियारको भनाइ छ ।
उनीविरुद्ध अख्तियारले २ लाख ५० हजार बिगो मागदाबी तीन महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरेको छ । यस्तै दोहोरो जन्मदर्ता बनाउने दिनेश लामिछानेलाई पनि सोही सजायको मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण